२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमालेमा सत्ता साझेदारीमा खटपट शुरु, वार्ता गर्न पाँच सदस्यीय कार्यदल



अ+ अ-

काठमाडौं भदौ १० । सत्ता साझेदार नेकपा एमाले र काँग्रेसबीच राजनीतिक नियुक्तिको विषयमा खटपट शुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा विहीबार बसेको स्थायी कमिटी बैठकले काँग्रेससँग विषयमा छलफल गर्न स्थायी कमिटी सदस्य माधवकुमार नेपालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । समितिमा उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र सचिव भीम आचार्य रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
मूख्य सचिव, पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक र चार विश्वविद्यालयमा उपकूलपति नियुक्त गर्दा काँग्रेसले एकलौटी निर्णय गरेको एमाले आरोप छ । यी वाहेकका राजनीतिक नियुक्तिमा पनि साझेदारसँग परामर्श नगरेर संयुक्त सरकारको आचारसंहिता र सहकार्यको संस्कृति अनुरूप नरहेको एमाले ठहर छ ।
त्यसैगरी एमालेले संविधान निर्माणमा विभिन्न पक्षहरूबाट आएका गुनासो, असन्तुष्टि र मागलाई स्वाभाविक भएको ठहर गर्दै मागलाई संविधान निर्माणको क्रममा सम्बोधन गर्न अधिकतम् प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
बैठकले आन्दोलनरत पक्षलाई वार्ताबाट समस्या समाधानका लागि आव्हान गरेको छ । त्यसैगरी शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीहरूले गरेको प्रयासप्रति सराहना व्यक्त गर्दै अझ दृढ भएर कत्र्तव्य पालनाका लागि आह्वान गरेको छ ।