२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको अमरेशलाई २४ घण्टे स्पष्टीकरण



अ+ अ-

काठमाडौँ, भदौ १० । नेपाली काँग्रेसको अनुशासन समितिले सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पु-याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरण सोधिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

कैलालीको टिकापुरमा केही दिनअघि सिंहले दिएको अभिव्यक्तिका विषयमा चौतर्फी आलोचना भएपछि काँग्रेस स्पष्टीकरण सोध्न बाध्य भएको हो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सिंहले कैलाली घटनाको केही दिन अघि सामाजिक सदभावमा खलल पार्ने अभिब्यक्ति दिएको केही दिनभित्रै उनीहरुले भने अनुसार नै हिंसात्मक घटना भएको हो ।

सिंह र यादवलाई सो घटनाको मतियार मानेर कारबाही गर्न पनि चौतर्फी दवाब छ । उनीहरुको दिएको अभिब्यक्ति सम्बन्धी अडियो गृहमन्त्री बामदेव गौतमले संसदमा पनि पेश गरेका छन् । स्पष्टिकरण औपचारिकताका लागि हो वा स्पष्टिकरणपछि काँग्रेसले कारबाही प्रक्रिया अघि बढाउँछ त्यो भने हेर्न बाँकी नै छ ।