२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुर घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति, मृतक सुरक्षाकर्मीको एक तह पदोन्नती



अ+ अ-

काठमाडौँ,  भदौ ९ । सरकारले टिकापुर घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले गठन गरेको समितिको सदस्यमा अतिरिक्त प्रहरी महानिरीक्षकद्वय प्रतापसिंह थापा र जीवन थापा, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र सहसचिव विनोद केसी छन् ।

त्यसैगरी सरकारले टीकापुरमा भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय गरेको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानले कर्तव्य पालनाका क्रममा देखाएको दृढता र अनुशासन सबैका लागि अनुकरणीय र अत्यन्त सम्मानयोग्य भएका कारण कायम रहेकोभन्दा एक तह बढुवा सम्मानार्थ गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

टीकापुर घटना आपराधिक, अमानवीय र निन्दनीय भएको जनाउँदै सरकारले त्यसको भत्र्सना गरेको छ ।  सरकारले संवेदनशील समयमा सम्प्रेषित समाचार थप सत्यतथ्यमा आधारित हुन सबै सञ्चारगृहलाई आग्रह गरेको छ ।