२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी फिलिपिन्समा आँधीबाट २६ को मृत्यु



अ+ अ-

मनिला,  भदौ ७ । उत्तरी फिलिपिन्समा आएको शक्तिशाली सामुद्रिक आँधी गोनीका कारण २६ व्यक्तिको मृत्यु भएको समाचार छ । 

उत्तरी फिलिपिन्सको पहाडी इलाकामा पर्ने दुर्गम गाउँ मन्कायानमा उद्धारकर्ताहरुले पहिरोमा पुरिएका १३ जना कामदारको शव निकालेपछि सो सङ्ख्या २६ पुगेको हो ।
गोनी नामक यस आँधीबाट प्रभावित इलाकाबाट हजारौँ व्यक्ति भागेका बताइएको छ । सो पहिरोमा अझै कति कामदार बेपत्ता भएका छन भन्नेबारेमा भने आधिकारीक रुपबाट पुष्टि भएको छैन ।
गोनीका कारण उत्तरी फिलिपिन्सको ठूलो भाग एक हप्तादेखि प्रभावित भएको छ । यसबाट हजारौँ घर ध्वस्त भएको र १२ हजार व्यक्ति विस्थापित भएका छन् ।
मन्कायान खानीमा बेपत्ता भएका व्यक्तिहरुको आधिकारिक पुष्टि नगरिएको भए तापनि चार बेपत्ता भएको अनुमान गरिएको छ ।
फिलिपिन्समा हरेक वर्ष करिब २० वटा आँधी आउने गरेको छ । यस आँधीले जापानको क्युसु द्विपलाई प्रत्यक्ष प्रभाव पारेको जापान मौसम विज्ञान विभागले बताएको छ । रासस-एएफपी