२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार विश्वविद्यालयमा उपकुलपति नियुक्ति



अ+ अ-

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले चार विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्नुभएको छ । 

विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयमा प्रा डा तीर्थ खनिया, नेपाल संस्कृत विश्वविद्यालयमा कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई नियुक्ति गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी गराउनुभयो ।
उपकुलपतिविहीन भएका मुलुकका सात विश्वविद्यालयमध्ये चारवटामा नियुक्तिका लागि शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले प्रधानमन्त्री सुशील कोइरालालाई सिफारिस गरेको थियो । रासस