२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको संविधान, २०७२ विधेयक संविधानसभामा पेस, छलफलका लागि तीन दिनको समय



अ+ अ-

काठमाडौँ, भदौ ७ । संविधानसभाको संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ परिमार्जित विधेयक संविधानसभामा पेश गरेको छ ।

आइतवार साँझ बसेको संविधानसभा बैठकमा राप्रपा नेपालको नाराबाजीकाबीच समितिका सभापति कृष्णप्रसाद सिटौलाले विधेयक संविधानसभामा पेस पेश गरेका हुन् ।

प्रमुख चार राजनीतिक दलबीच भएको १६बुँदे सहमतिको जगमा रहेर तयार गरिएको उक्त मस्यौदामाथि जनताले दिएका राय सुझावका आधारमा सुधार र परिमार्जन गरिएको हो ।
भाग ३७, धारा ३०२, अनुसूची नौ रहेको मस्यौदाको प्रतिवेदन प्रस्तुत भएको हो । अनुसूची चारमा प्रदेशको सङ्ख्या र प्रदेशमा रहने जिल्लाको नाम उल्लेख गरिएको छ । प्रदेशको सीमाङ्कन गर्दा नवलपरासी, बाग्लुङ र रुकुम जिल्लालाई नटुक्र्याउने भनिएपनि दलबीच भएको अघिल्लो सहमतिअनुसार नै ती जिल्ला टुक्र्याएर भिन्न–भिन्न प्रदेशमा राखिएको छ । विधेयकको प्रस्तावनामा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट संविधान जारी गर्ने विषय उल्लेख गरिएको छ ।
त्यस्तै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्णप्रेस स्वतन्त्रता तथा स्वच्छ, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणा, लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।
प्रस्तावनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधिताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्ण्ुाता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धन गर्ने वर्गीय जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छूवाछुतको अन्त्य गरी आर्थिक समानता र सामाजिक न्याय सुनिश्चितता गर्न समानुपातिक समावेशी, सहभागितामूलक सिद्धान्तका आधारमा समातामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ ।
संविधानसभामा प्रतिवेदन पेस भएपछि सभासद्लाई अध्ययनका लागि तीन दिनको समयावधि दिइएको छ । संविधानसभाको अर्को बैठक यही भदौ ९ गते बिहान ८ बजे बस्नेछ । सो बैठकमा विधेयकको मस्यौदामाथि सैद्धान्तिक छलफल हुनेछ ।