२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृक्षारोपणपछि बगर हरियो वनमा परिणत



अ+ अ-

मुस्ताङ, ७ भदौ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले निरन्तररुपमा वृक्षारोपण गर्न थालेपछि उपल्लो मुस्ताङका बगर हरियो जङ्गलमा परिणत हुन थालेको छ । 

सन् १९९२ मा एक्याप स्थापना भएदेखि वृक्षारोपण कार्यलाई पहिलो प्राथमिकता दिएपछि अहिले लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, छुसाङ र सुर्खाङ गाविसका बगर हरियाली वनमा परिणत हुन थालेको हो ।

उच्च हिमाली क्षेत्र, तीव्र गतिमा बहने हावा र चिसोका कारण यी क्षेत्रमा सामान्य झाडीबाहेक अरु केही हुँदैनन् । मरुभूमिदेखि नाङ्गा पाखा र बगरमा २० वर्षदेखि वृक्षारोपण र आवश्यक तारबार गर्न थालेपछि अधिकांश बिरुवा हुर्किदै गएको एक्याप लोमान्थाङका प्रमु

ख सन्तोष शेरचनले बताए ।
उनका अनुसार, एक्यापले यी छ गाविसमा विद्यालय, स्थानीय आमा समूह र गाविसस्तरीय संरक्षण व्यवस्थापन समितिमार्फत वार्षिक ५० हजारको हाराहारीमा वृक्षारोपण गरिँदै आएको छ । “छुसाङ, लोमान्थाङ, घमी र सुर्खाङ गाविसमा बढी बिरुवा हुर्किएको छ, धेरै वर्षअघिसम्म बगर रहेका पाखा अहिले वनभोजस्थल बनेका छन्” उनले भने ।
एक्यापले जोमसोम र लोमान्थाङ कार्यालय बनाएर उपल्लो र तल्लो क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ । तल्लो क्षेत्रमा प्रशस्त जङ्गल भएका कारण तरकारी र स्याउको बेर्ना तथा बिरुवा वितरण गरिँदै आएको जनाइएको छ ।
हावापानी र वातावरणका कारण उपल्लो क्षेत्रमा भोटे पीपल बढी प्रभावकारी हुने एक्यापले जनाएको छ । “सल्ला र धुपीका बिरुवा पनि हुन्छ तर त्यो हुर्कन एकदमै समय लाग्ने र गाहे हुन्छ, प्रमुख शेरचनले भने । एक्यापले व्यक्तिगत वृक्षरोपण गर्नेलाई प्रतिबिरुवा रु २० र सामूहिकरुपमा गर्नेलाई रु २५ सहयोग गर्दै आएको छ । रासस