२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेश सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ, भदौ ५ । साफ यु–१९ च्याम्पियनसिप फुटबलअन्तर्गत् शनिबार भएको खेलमा बंगलादेशले भुटानलाई २–० ले हराएको छ । हारसँगै भूटान प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ ।

भुटानको लगातार दोस्रो हारले नेपाल र बंगलादेश भने समूह ’ए’बाट एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् । नेपाल र बंगालादेशको समान ३÷३ अंक छ । दुवैको गोल अन्तर पनि समान रहेको छ । यसअघि, उद्घाटन खेलमा भूटान नेपालसँग ३–० ले पराजित भएको थियो ।

तस्वीरः एन्फा ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशका लागि रोहित सरकारले ४१औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल मनाफ रब्बीले ४३औँ मिनेटमा गरे । पहिलो हाफमा २–० ले अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा गोल गर्न सकेन ।

समूहको विजेता भने आगामी सोमबार नेपाल र बंगलादेशबीच हुने खेलले निर्धारण गर्छ ।

आइतबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । अफगानिस्तानले यसअघि शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ३–१ ले पराजित गरेको छ भने भारतको यो पहिलो खेल हुनेछ ।