२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान कसैले रोक्न सक्दैन : ओली



अ+ अ-

काठमाडौं, भदौ ५ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान जारी गर्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

तेह्रथुम सरोकार समाज नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपीले मस्यौदा परिमार्जन गर्दै विधेयक तयार भइसकेकाले अब चाँडै संविधान जारी हुने दाबी गरे ।

उनले भने–‘यो प्रारम्भिक मस्यौदा होइन । जनताका राय समेटेर यो प्रारम्भिक मस्यौदा होइन । जनताका राय समेटिएको परिमार्जित रुप हो । अब कसैले कुनै तरिकाले पनि संविधान रोक्न सक्दैन ।’ संविधान जारी गर्न नदिन धेरै प्रकारका खेल भइरहेकाले सर्तक रहन पनि ओलीको आग्रह थियो ।

सोही कार्यक्रममा कांग्रेस महामन्त्रीसमेत रहेका संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले अझैं पनि जनताका राय समेट्ने सम्भावना रहेको बताए ।

‘अझैं तीन दिन सुझाव समेट्ने अवसर छ । संविधानमा सुझाव दिएर परिमार्जन गर्न सकिन्छ’–सिटौलाले भने, ‘सुझाव दिँदा प्रदेशमा मात्र नहेर्नुस् । राम्रो संविधान बनाउने सुझाव दिनुस् ।’

सो अवसरमा तेह्रथुम जिल्लामा जन्मेर नेपाली राजनीतिको उच्च ओहोदामा पुगेको भन्दै तेह्रथुम सरोकार समाज नेपालले एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री कृष्ण सिटौला र माले महासचिव सीपी मैनालीलाई अभिनन्दन गरेको थियो ।