२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युथ फर ब्लडको पहिलो निर्बाचित कार्यसमिति गठन



अ+ अ-

साउन १६, विगत पाँच वर्षदेखि रगत व्यवस्थापन गरेर जीवन जोगाउने अभियानमा लागिपरेको सामाजिक संस्था युथ फर ब्लडले यहि साउन १६ गते काठमाण्डौ युथ फर ब्लडको कार्यालयमा पहिलोपटक देशभरका सवै शाखाहरुबाट निर्वाचित ११ सदस्यिय केन्द्रिय कार्यसमिति गठन गरेको छ ।

झापा, मोरङ, सुनसरी, काठमाण्डौ र चितवनका विभिन्न बाह्रवटा सहरहरुमा काम गरिरहेको संस्थाले संस्थापक सरोज कार्कीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा सन्तोष बस्नेत, महासचिव सुबुना बस्नेत, सचिव सुरज सुवेदी, कोषध्यक्ष सिजन दाहाल र सदस्यहरुमा विष्णु धमला, सन्तोष अधिकारी (हरि), निशा गौतम, हरि रेग्मी, सुस्मिता राजवंशी, ज्वाला दाहाल चुनिएका छन् । नयाँ कार्यसमितिका अध्यक्षलाई पद तथा गोपनियताको सपथ गराउँदै निवर्तमान अध्यक्ष सबिन दाहालले पद हस्तान्तरण गरेका थिए ।
अबका दिनमा नेपाललाई रगत अभावमुक्त बनाउने उद्देश्य पुरा गर्न यस सम्मेलनले थप सहज र हौषला प्रदान गरेको नवनिर्वाचित अध्यक्ष सरोज कार्कीले बताएका छन् ।