२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेस्ट म्याराथन जिते सुदीप कुलुङले

अ+ अ-

तेञ्जिङ हिलारी एभरेस्ट म्याराथनमा सुदीप कुलुङ विजयी भएका छन् । बिहीबार भएको प्रतियोगितामा तीन घण्टा ५२ मिनेट ९ सेकेन्डमा ४२ किलोमिटर दूरी पूरा गर्दै कुलुङ प्रथम भएका हुन् ।

त्यसैगरी, नेपाल आर्मीका भीमबहादुर गुरुङ तीन घण्टा ५८ मिनेटमा म्याराथन पूरा गर्दै दोस्रो भए । चार घण्टा ८ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै सुमन कुलुङ तेस्रो हुन सफल भए् ।
हाफ म्याराथनमा अस्ट्रेलियाली धावक डेभिडले तीन घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै प्रथम भए । त्यस्तै तीन घण्टा ४२ मिनेट ४६ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै बेल्जियमका जेरेमी प्िरस्टन दोस्रो हुन सफल भए ।
म्याराथनमा प्रथम हुनेले एक लाख, दोस्रोेले ७० हजार र तेस्रोेले ५० हजार पुरस्कार पाए । त्यस्तै, हाफ म्याराथनतर्पm प्रथम हुनेले ५० हजार र दोस्रोेले ३० हजार पाएका छन् । खुम्बु क्षेत्रमा अत्यधिक हिमपात भएका कारण यस वर्र्षको म्याराथन सगरमाथा आधार शिविरभन्दा पाँच किलोमिटर तल गोरक्सेपबाट सुरु भएको थियो । यस पटक ४० नेपालीसहित १३६ जना सहभागी भएका थिए । यसलाई संसारकै सबैभन्दा उच्च भागमा हुने साहसिक म्याराथनका रुपमा समेत लिइन्छ ।

तेञ्जिङ हिलारी एभरेस्ट म्याराथनमा सुदीप कुलुङ विजयी भएका छन् । बिहीबार भएको प्रतियोगितामा तीन घण्टा ५२ मिनेट ९ सेकेन्डमा ४२ किलोमिटर दूरी पूरा गर्दै कुलुङ प्रथम भएका हुन् । त्यसैगरी, नेपाल आर्मीका भीमबहादुर गुरुङ तीन घण्टा ५८ मिनेटमा म्याराथन पूरा गर्दै दोस्रो भए । चार घण्टा ८ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै सुमन कुलुङ तेस्रो हुन सफल भए् ।