२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाटो भत्कदा आवतजावत बन्द



अ+ अ-

जाजरकोट, ३० पुस । जाजरकोटको उत्तर पूर्वी क्षेत्रमा पर्ने जाजरकोट डोल्पा जाने बाटोअन्तर्गत लहाँको खारास्थित बाटो भत्किएपछि आवतजावत बन्द भएको छ ।

पचास मिटर बाटो भत्किएर नलगाड नदीमा मिसिएपछि कडा चटानले बनेको यो भूभागमा वैकल्पिक बाटो नहँुदा आवतजावत बन्द भएको छ ।

यो बाटो भएर जुम्ला जाजरकोटका सक्ला, नायकवाडा, रोकायगाउँ र रामीडाँडालगायतका गाविसका स्थानीय मर्कामा परेका छन् । बाटो भत्किएपछि तीनवटा खच्चड मर्नुका साथै दुई स्थानीय घाइते भएको शिक्षक दिनेश ओलीले जानकारी दिए ।

उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय कालिमाटीले दिएको जानकारीअनुसार भत्किएको बाटो निर्माण गर्न करिब रु तीन लाख लाग्ने छ ।