२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी पक्राउ परे सिके राउत



अ+ अ-

काठमाडौं, १४ पुस । हिजो मात्रै पक्राउ परेर छुटेका मधेसी आन्दोलनका अगुवा सिके राउत आज फेरी पक्राउ परेका छन् ।
महोत्तरीको जलेश्वर नगरपालीकामा आयोजना गरिएको एक कार्यक्रममा जाने क्रममा कार्यकर्ता सहित राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्बोधनको लागि नगरपालीका चोकमा जाँदै गर्दा उनलाई पक्राउ गरिएको बुझिएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक नरेश महतोको नेतृत्वमा गएको टोलीले राउतलाई पक्राउ गरेको हो ।
आज विहानै देखि नगरपालिकामा कार्यक्रमको तयारी गरिएको थियो । जनसभाको लागि खटिएका राउतका कार्यकर्तालाई विहानै देखि नै प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा देवेन्द्र चौधरी, सुरेश पाण्डे गजेन्द्र गुप्ता लगायत दुई दर्जन कार्यकर्ता रहेका छन् ।
मधेश टुक्राउने अभिव्यक्ति दिएको अभियोगमा राउतलाई यसअघि पनि पक्राउ गरि राजधानी ल्याइएको थियो ।