२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शकको मन जित्दै ‘डिग्री माइला’



अ+ अ-

नेपालमा बर्सेनि १७ हजारले स्नातकोत्तरको अध्ययन सिध्याउँछन् तर कतिले त्यसलाई जीवनमा उतार्छन् त ? सायद यो प्रश्न अनुत्तरित होला । यस्तै कथा र व्यथा बोकेको एक युवकको कथा हो ‘डिग्री माइला’ नाटक । अहिलेसम्म गरी अनामनगरस्थित मण्डला नाट्यघरमा यो तीनपटक प्रदर्शनीमा आइसकेको छ । पहिलोपटक २०६८ साल फागुनमा र दोस्रोपटक २०७० मङ्सिर मञ्चन भए । तेस्रोपटक यही मङ्सिर २० गतेदेखि मण्डलामा मञ्चन भइरहेको छ । पुस ६ गतेसम्म चल्ने यो नाटकले यतिबेला दर्शकको मन जितिरहेको छ ।

नाटकको मुख्य पात्रका रुपमा रहेका डिग्री माइला, जो स्नातकोत्तर तहको अध्ययन सम्पन गरेर पनि त्यसलाई उपयोग नगरी बस्ने, सबैलाई सपना देखाउने र सपनालाई व्यवहारमा गति दिने बेलामा हराइदिने मान्छेका रुपमा देखिन्छ ।

गाउँको एउटा निर्धारित ढिस्कोमा जम्मा हुने, दुःखसुख र मजाकका कुरा गर्ने, योजनाहरु बुन्ने नाटकको पात्रहरुको एउटा बिम्ब हो । नाटकको पात्र ‘सपना’ सपना बुन्दिनन् तर स्वेटर भने जुनै बेला पनि बुनिरहेको भेटिन्छे । डिग्री माइलाले गाउँलाई विकासको बाटोमा लैजाने र सबैलाई सुखी बनाउने सपना देखाउँछ तर नाटकको अन्तिममा उसको मृत्यु हुन्छ ।

आफैँ चलचित्र तथा नाटकका कलाकारसमेत रहेका निर्देशक दयाहाङ राईले समाजमा आफूले देखे भोगेका कथालाई नाटकमा समेटेको बताउछन् । नाटकमा डिग्री माइलाका रुपमा प्रदीपकुमार चौधरी देखिएका छन् । सपनाको भूमिकामा सिर्जना सुब्बा रहेकी छिन् भने अन्य कलाकारमा आर्जेश रेग्मी, आयुषा राई, दिलबन्धु यादव, सुलक्षण भारती, वाल्मिकी पोखरेल, मोहम्मद नाजिर हुुसेन, विकास जोशी, उमेश तामाङ, सोमनाथ खनाल, बुद्धि तामाङ, जुनु विष्ट र विजय बराल रहेका छन् ।