२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस ८ गते पत्रकार महासंघको देशव्यापी प्रदर्शन



अ+ अ-

fnj-logoकाठमाडौं, २८ मंसिर । नेपाल पत्रकार महासंघले माघ ८ गते संविधान जारी गर्न दवाव दिने उद्देश्यले पुस ८ गते संविधानसभा भवन छेउमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा उपलब्ध केन्द्रीय समिति सदस्यहरुको आइतवार बेको बैठकले यस्तो निर्णय गरेको महासचिव उजिर मगरले विज्ञप्ती निकालेर जनाएका छन् ।
यसैगरी सोही दिन महासंघका जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने निर्णय भएको छ ।
यसबीचमा अन्तरक्रिया कार्यक्रमहरु जारी राख्ने निर्णय समेत महासंघले गरेको छ ।

महासंघको बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको समस्या थप जटिल बन्दै गएको भन्दै समाधानको लागि सञ्चारमाध्यमहरूमा पहल लिन जिम्मेवारी बाँडफाँड गरेको छ ।

अध्यक्ष डा. महेन्द्र विष्टले सरकारी स्वामित्वका सञ्चारमाध्यममा पहल लिनेछन भने उपाध्यक्ष खिलबहादुर भण्डारीले निजी स्वामित्वका रेडियोमा स्टेशनमा पहल लिनेछन् । यस्तै उपाध्यक्ष अनिता बिन्दुले टेलिभिजनहरूमा र महासचिव उजिर मगरले छापा तथा अनलाईन संचारमाध्यमहरुमा पहल लिने जिम्मेवारी पाएका छन् ।