२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शास्त्रको अनुशार यी बारहरुमा कपाल र दाह्री काट्न हुँदैन



अ+ अ-

परम्परादेखि नै कपाल र दाह्री काट्न बार पर्नुपर्छ भन्ने मान्यता रहेको छ । यो पनि मान्यता छ की अशुभ बारमा कपाल या दाह्री काटेमा अशुभ फल मिल्दछ । शास्त्रको अनुशार दैनिक जिवनमा शुभ फल पाउनको लागि केहि यस्ता परम्परागत नियम छन् जसको पालना गर्नु पर्दछ । यस्ता केहि परम्परा कपाल र दाह्री काट्ने कामसँग पनि सम्बन्धित छन् । हेरौं शास्त्रको अनुसार परम्परादेखि चल्दै आएका केहि कपाल र दाह्री काट्न शुभ र अशुभ मानिने बारहरु
यी दिनहरुमा नगर्नु यी कामहरु :
शास्त्रको अनुशार मंगलबार, बिहिबार र शनिबार कपाल र दाह्री काट्नु हँदैन । यी दिनहरुमा कपाल काटेमा अपशगुन मनिन्छ । आजभोली पनि गाउँघरका बुढापाकाहरुले पनि यी बारलाई कपाल दाह्री काट्नु अशुभ हुने बताउने गर्दछन् । हप्ताका केहि दिनहरुमा यस्ता ग्रहहरु निष्कन्छन् जो हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छन् शनिबार, मंगलबार र बिहिबार निष्कने किरण सीधै हाम्रो मस्तिष्कमा पर्छ । हाम्रो शरिरको सबैभन्दा संबेदनशिल र महत्वपूर्ण भाग मस्तिष्क हो । सिरको मध्य भाग अति संबेदनशिल र कोमल हुन्छ । जसको सुरक्षा कपालले गरेको हुन्छ । त्यसैले यी बारहरुमा कपाल नकाट्नु भन्छ शास्त्रले ।

शास्त्र अनुशार यी बार कपाल काटे यस्तोे फल पाइन्छ :
-मंगलबार कपाल काटेमा आठ महिना आयु कम हुन्छ ।
-बिहिबार कपाल काटेमा धन नोक्शानी हुन सक्छ । शास्त्रको अनुशार बिहिबार देवी लक्ष्मीको बार मानिन्छ ।
-शनिबार कपाल काटेमा आयु सात महिना घट्नेछ ।
अत: यी तीन बार बाहेकका चार बारहरु सोमबार, बुधबार, शुक्रबार र आइतबार कपाल काट्नु शुभ मानिन्छ । यी बार कपाल काट्दा कुनै पनि दोषको भागिदार हुनुपर्दैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ज्योतिषको मान्यता :
ज्योतिषका अनुशार मंगलबार मंगल देबताको दिन हो । शरीरमा मंगलको निवास हाम्रो रगतमा हुने गर्दछ । रगतबाटै कपालको उत्पति हुने हुँदा मंगलबार कपाल काट्नु राम्रो होइन । त्यस्तै शनिबार शनि ग्रहको दिन हो । शनिको संम्बन्ध हाम्रो छालामा हुन्छ । त्यसैले शनिबार पनि कपाल काट्नु अशुभ हुने न्योतिश शास्त्रमा उल्लेख छ ।
आजभोली यस्ता कुरालाई अन्धबिश्वासको रुपमा लिइन्छ । तर यी मान्यताहरु प्राचिन कालमा ऋषिमुनिले लामो अनुसन्धापछि पत्ता लगाएकोले यसले हाम्रो जिवनमा गहिरो प्रभाव पार्ने बिश्वास गर्नेहरु पनि धेरै छन् ।