२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्बती गायकलाई चीनमा जेल सजाय



अ+ अ-

बेइजिङ, १५ मंसिर । एकजना तिब्बती गायकलाई चीन विरोधी गीत गाएको र सङ्गीत बजाएको आरोपमा चीनमा जेल सजाय सुनाइएको छ । ती गायकले तिब्बती नागरिकलाई आफ्नो भाषा बोल्न र चीनका विरुद्धमा एकताबद्ध हुन भनेको र सोही आशयका गीत र सङ्गीत उत्पान गरेको भन्दै सो सजाय सुनाइएको बताइएको छ ।
ती कलाकारलाई चीनको एक जिल्ला अदालतले चार वर्षको जेल सजाय सुनाएको सोमबार जानकारी दिइएको छ । कारसाङ यारफेल नामका ३९ वर्षीय ती गायकलाई सो सजाय सुनाइएको समाचारमा जनाइएको छ । हालैमात्र भएको एक सङ्गीत कार्यक्रममा उनले तिब्बती भाषामात्र बोल्न उक्साएको आरोप लगाइएको छ । उनले राजनीतिक गीत गाएको आरोप लगाइएको छ । चिनियाँ अधिकारीहरुले उनीमाथि गरिएको अनुसन्धानमा सो आशय रहेकाले जेल सजाय तोकिएको बताएका छन् ।