२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धान आयोगको सूचनाप्रति सेना, प्रहरी र सशस्त्र प्रहरी सशंकित



अ+ अ-

काठमाडौं, ८ मंसिर । आगामी बुधवार देखि सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा विदेशी पाहुनाहरुको आगमनसँगै उपत्यकाको सुरक्षा गस्तीमा नेपाली सेना खटिएको छ । तीन दिनअघि देखि नेपाली सेनाले उपत्यकाका सवै क्षेत्रमा गस्ती सुरु गरेको छ ।
एरिया कभरेज तथा फोकस क्षेत्रमा पहिलेदेखि नेपाली सेनाले सामान्य सूचना संकलन सहित गस्ती सुरु गरेको भए पनि तीनदिन अघिदेखि चक्रपथभित्रको क्षेत्रमा नेपाली सेनाले गस्ती बढाएको सैनिक प्रवक्ता सहायकरथी जगदीश पोखरेलले बताए । उनका अनुसार सार्क सम्मेलन हुने स्थल तथा चक्रपथ भित्रका सवै क्षेत्रमा सेनाले गस्ती गरिरहेको छ ।
सार्क सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पनि उपत्यकामा सुरक्षा गस्ती बढाएका छन् ।
सडकका दायाँबायाँ तथा गल्लीहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती पनि बढेको छ । सेना र प्रहरीका अधिकृृतहरु पर्याप्त संख्यामा सादा पोशाकमा समेत खटिएका छन् ।
सार्वजनिक स्थलमा हुने सुरक्षाकर्मीको बाक्लो उपस्थिति र चेकजाँचको अवस्थाले नै सुरक्षा प्रभावकारिताको संकेत दिने भएकाले सुरक्षा सतर्कताका अधिकांश गतिविधि अदृष्य समेत हुने गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । देखिने गरी गस्तीमा खष्टिनुका साथै सादा पोशाकमा सूचना संकलन गर्दै सुरक्षा सजगतासमेत अपनाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
जाँचमा सक्रिय भएर लागेको राष्ट्रिय अनुसन्धानको सूचना सतही र झारा टार्ने मात्र भएको तीन सुरक्षा निकायका अधिकारीहरुले ठहर गरेका छन् । त्यही कारणले तीनै सुरक्षा निकायले आ–आफ्नै संयन्त्र खडा गरी सूचना संकलनको काम गरिरहेका छ्न । आजको राजधानी दैनिकमा खबर छ ।