२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेष्टिबल सफल भएकोमा एनआरएन अष्ट्रेलियाले दियो धन्यवाद



अ+ अ-

मेलबर्न । एनआरएन अष्ट्रेलिया स्टेट काउन्सिल भिक्टोरियाको आयोजनामा भएको नेपाल महोत्सव २०१४ सफलतापूर्वक सम्पन्न भएकोमा एनआरएन अष्ट्रेलियाले धन्यवाद ज्ञापन गरेको छ ।
एनआरएन अष्ट्रेलियाले विज्ञप्ति निकालेर फेष्टिबल सफल बनाउन भूमिका खेलेका सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको हो ।
फेष्टिबलमा ३० हजार भन्दा बढिको सहभागीता भएको उल्लेख गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवम् नेपाल फेष्टिबल मेलबर्नका संयोजक ऋषि कडेलले फेष्टिबल अभूतपूर्व रुपमा सफल भएकोमा धन्यवाद दिएका हुन् ।
यही नोभेम्बर एक र दुई तारिखमा अष्ट्रेलियाको मेलवर्नस्थित फेडेरेसन स्वायरमा भव्य रुपमा नेपाल फेष्टिबल सम्पन्न भएको थियो ।
एक तारिखमा नेपालमा पर्यटन र लगानी प्रबर्दनका विषयमा विभिन्न कार्यपत्रमाथि गहन छलफल भएको थियो भने गाला डिनरको पनि आयोजना गरिएको थियो । यस्तै, दुई तारिखमा सांस्कृतिक महोत्सव अन्तर्गत नेपाली सांस्कृतिक परेड देखाइएको थियो । मेलवर्नका सडकमा पञ्चेबाजा देखि लाखेनाच सम्मको प्रदर्शन गरिएको थियो ।
मेला संयोजन समिति र एनआरएन अष्ट्रेलिया भिक्टोरिया स्टेट कमिटीको तर्फबाट कडेलले दिएको धन्यवाद ज्ञापनमा प्रायोजनकहरु, नेपाल र अष्ट्रेलियाबाट सहभागी भएका सरकारी अधिकारीहरु, कलाकार, स्वयंसेवकहरु, विभिन्न समूदायका संघ संस्था, क्लबहरु, विभिन्न राज्यबाट मेलबर्न पुगेका अतिथिका साथै मिडियाकर्मी र सहभागी सबैलाई पनि धन्यवाद दिइएको उल्लेख छ ।
सबैको एकताबद्ध सहभागिताले नै मेला सफल बन्न सकेको र आगामी दिनमा पनि यस्तै एकता कायम हुने विश्वास समेत एनआरएन अष्ट्रेलियाले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।