२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच करोड लगानीमा ‘बाग्मती’ तयार



अ+ अ-

नेपाली कथानक चलचित्र ‘बाग्मती’ करिब रु पाँच करोडको लागतमा निर्माण भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी ४५ दिनमा छायाङ्कन गरिएको सो चलचित्र नेपाली चलचित्र उद्योगको क्षेत्रमा लगानीको दृष्टिकोणले सर्वाधिक महङ्गो हुनेछ । ट्री इन्टरटेनमेन्ट प्रालिले गरेको पत्रकार सम्मेलनमा निर्माता यशोदा राईले प्राचीन मानव सभ्यतासँग जोडिएको ‘वाग्मती’ नदी समय र परिवेशका कारण विकृत बन्दै गएकाले सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको बताईन् ।

कार्यक्रममा अभिनेता राजेश हमालले सामाजिक विषयवस्तुमा केन्द्रित सो चलचित्रले अत्यन्त महत्वकाङ्क्षी उद्देश्य बोकेको र यसले नेपाली सिनेमाको स्तर वृद्धि गरी अन्तर्राष्ट्रिय तहमा पु¥याउन सहयोग गर्ने विश्वास व्यक्त गरे । गत असोज १ गते निर्माण सुरु गरिएको चलचित्रमा नदीको उद्गमस्थल वाग्द्वारदेखि चोभारसम्मका विभिन्न दृश्य प्रस्तुत गरिएको छ । आउँदो माघ १ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रमा हमाल, शिव श्रेष्ठ, केकी अधिकारी लगायतको अभिनय रहेकोे छ ।