२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो चोटी ‘ब्लु फिल्म’ हेर्दा -विजय कुमार



अ+ अ-

३७ बर्ष अघि , जीवनमा पहिलो चोटी ‘ब्लु फिल्म’ हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेका थिए । सुकुलमा बसेर भिडियो हेर्नु पर्ने । दस रुपैयामा । सेनेमा हलको बाल्कोनी टिकट पांच रुपैया पर्ने जमानामा सुकुलमा बसेको दस रुपैया धेरै ठुलो कुरा थियो ।

हुन त चिज पनि उसले ठुलै देखाउथ्यो ! त्यसैले दर्शक दस रुपैया बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेट्टी भन्थ्यो ‘यहा डराउनै पर्दैन । फस्ट सो म पुलीसको हाकिमलाइ देखाउछु । दस रुपैयामा तिन रुपैया कमिसन पनि दिन्छु । मस्त भएर हेर मोरा हो .’

हेर्दै जांदा शरिरमा काम ज्वरो आयो । सतीसावित्री टाइप हिन्दी सेनेमा हेर्ने बानी परेको म, गोरागोरीको कब्बडी देखेर झण्डै मुर्छा परेको । हिन्दी सेनेमामा मेरी प्रिय नायिका मिना कुमारी घुम्टो पनि बडा मुश्किलले निकाल्थिन । घु्डा भन्दा माथीको भाग देखाउलिन भनेर त दर्शकले कल्पना पनि गर्दैनथे । तर यहा ! मखन गल्लीकी गोरी त फस्ट सिनमै – छि – हामी जस्तो लाजै नमान्नेलाइ समेत लाज लाग्ने गरि काले भुसतिघ्रेसित कब्बडी खेल्न थालिन ।

मैले तिन दिन ‘सुकुलमा बसेर हेर्ने फिलिम’ हेरे । तेस्रो अनुभव कहिलै बिर्सन्न । अलि अबेर पुगेकोले सो सुरु भै सकेको थियो । अंध्यारो कोठाको स्क्रिनमा , औसीको रात भन्दा पनि कालो हब्सी , पुर्णिमाको चन्द्रभन्दा पनि गोरी सित कब्बड्डी खेल्दै थियो । सेनेमा सकिए पछि कोठामा बत्ती बल्यो ।

उज्यालोमा देख्छु त , ए राता मकै , हाम्रो टोलमा ब्रम्हचर्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहि सुकुलमा ! हामीले एक अर्कालाइ नदेखे झै गर्यौ । दुबैको भलाइ त्यसैमा थियो ।
 विजय कुमार पाँण्डेको पहिलो पुस्तक खुसी बाट




भर्खरै