२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैंडाकोट समाज अष्ट्रेलियाको सक्रियतामा विद्यालय भवन बनाउन सहयोग संकलन



अ+ अ-

सिड्नी । नवलपरासीको गैंडाकोटमा रहेको विजय निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि अष्ट्रेलियामा सहयोग संकलन गरिएको छ ।
विद्यालयमा भवनको अभाव भएपछि गैंडाकोट समाज अष्ट्रेलियाको सक्रियतामा सहयोग संकलन गरिएको हो । समाजका अध्यक्ष विष्णु प्रभातले विद्यालय भवन बनाउने पवित्र कार्यमा आफुहरु लागेको बताए । विद्यालयमा भवन अभावका कारण विद्यार्थीहरुलाई पठनपाठनको समस्या भएकाले आफुहरु सक्रिय भएको प्रभातको भनाई छ ।

समाजले भवन निर्माणका लागि सक्दो सहयोग गर्न अष्ट्रेलिया र अष्ट्रेलिया बाहिर रहेका गैंडाकोट बासी तथा सबै नेपालीहरुलाई आग्रह गरेको छ ।
समाजले सहयोग गर्न चाहनेहरुका लागि सिड्नीमा अध्यक्ष विष्णु प्रभातको सम्पर्क नम्बर ०४१६७५४४६६ वा महासचिव शरद खरेलको टेलिफोन नम्बर ०४३१२४५८२५ मा सम्पर्क गर्न सकिने जनाएको छ । यस्तै, सिड्नीमै कोषाध्यक्ष दिनेश अधिकारीको सम्पर्क नम्बर ०४५२२२९१३६ मा सम्पर्क गर्न सकिने र पर्थका लागि कार्यकारी सदस्य दीपक शर्माको सम्पर्क नम्बर ०४५१४६७७७४ मा तथा क्यानबेराका लागि कार्यकारी सदस्य खगराज पौडेलको सम्पर्क नम्बर ०४४९९४३८७७ मा सम्पर्क गरी सहयोग गर्न सकिने गैंडाकोट समाज अष्ट्रेलियाले जनाएको छ ।