२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतै नहुने त होइन नेफ्टा अवार्ड ?



अ+ अ-

काठमाडौँ, ७ पुस । 

मलेसियामा सम्पन्न गरिने भनिएको नेफ्टा अवार्डको मिति स्थगित भएको छ । पहिले नेफ्टा अवार्डलाई कार्तिक २३ गते सम्पन्न गरिने जानकारी थियो । दोस्रो पटकको डिसेम्वर २५ अर्थात क्रिसमस डेका दिन मलेसियामा सम्पन्न हुने भनियो । तर त्यो डेटमा पनि नेफ्टा अवार्ड नहुने भएको छ । यद्पी अवार्डको नयाँ मिति तोक्न र व्यवस्थापनको अनुगमन गर्न नेफ्टा टोली पुस ६ गते शनिबार मलेसिया तर्फ उडेको छ । टोलीमा जुरी सदस्य सुनिल थापा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, संघका उपाध्यक्ष प्रकाश महरा र सदस्य शंकर छन् ।

 

 

अध्यक्ष मनोज केसीले अवार्डको तेस्रो मिति चाँडै नै तय गरिने बताएका छन् । अवार्डको मिति सर्दै जाँदा कतै नेफ्टा अवार्ड नहुने त होइन ? भन्ने प्रश्नमा अध्यक्ष मनोज केसीले भने टाउकोले टेकेरै भएपनि मलेसियामा अवार्डलाई सम्पन्न गर्ने दाबी गरे।




भर्खरै