२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘मोक्ष’को नयाँ गीत रिलिज



अ+ अ-

काठमाण्डौ, ५ पुस –

आगामी माघ २४ गते रिलिज हुन लागेको चलचित्र ‘मोक्ष’को नयाँ गीत रिलिज गरिएको छ । ‘घाम डुब्छ फेरि उदाउनलाई’ बोलको प्रस्तुत गीतको शब्द, संगीत तथा स्वर नवक्रान्ती व्याण्डको रहेको छ । पछिल्लो समयमा चलचित्रका गीत संगीतमा बिभिन्न व्याण्डहरुले काम गर्ने चलन मौलाएको पाइन्छ ।

 

श्रीराम बालाजी फिल्म्स र मोक्ष प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रका लगानीकर्ता सुनिल मानन्धर हुन् । संञ्जिव सिंह, नवक्रान्ती समूह, धिलुङ् राई र प्रबिन श्रेष्ठको संगीत छ भने रविन श्रेष्ठ, प्रताप सिंह र हरी हुमागाइँ चलचित्रका सिनेम्याटोग्राफर हुन् । निर्देशक प्रबिन श्रेष्ठकै जीवनीमा आधारित रहेर निर्माण गरिएको यस चलचित्रमा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका छ ।