२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तौलिहवामा नेपथ्यको साङ्गीतिक अभियान सम्पन्न



अ+ अ-

कपिलवस्तु, ३० मंसिर- 

नेपथ्य समूहको ‘शान्तिका लागि शिक्षा’ साङ्गीतिक अभियान कपिलवस्तुको सदरमुकाम तौलिहवामा शनिबार सम्पन्न भएको छ ।नेपालयको संयोजनमा भएको सो साङ्गीतिक अभियान ६०० भन्दा बढी दर्शकको उपस्थिति र उल्लासमय माहोलबीच सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघको आयोजना भएको सो कार्यक्रममा नेपथ्य समूहका अमृत गुरुङको एकल साङ्गीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा टिकट बिक्रीबाट रु तीन लाख बढीको आम्दानी भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।यही मङ्सिर २१ गते चितवनको रत्ननगरबाट सुरु सो अभियान तौलिहवामा ५औं कार्यक्रमको रूपमा सम्पन्न भएको छ । पुस १४ गते ललितपुरको पाटनमा यात्राको समाप्ति हुने आयोजकले जनाएका छन् ।कार्यक्रममा कपिलवस्तुका साथै भैरहवा, बुटवल, पाल्पा, परासी, अर्घाखाँचीलगायतका स्थानबाट सांस्कृतिक कार्यक्रम हेर्नका लागि दर्शकको घुइँचो लागेको थियो ।