२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु



अ+ अ-

 

काठमाडौँ,  २७ मंसिर- 

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । हिमाल एसोसिएसनको आयोजनामा भएको उक्त महोत्सव ‘इन्द्रेणी खोज्दै जाँदा’ भन्ने चलचित्रको सुरुवातसँगै प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको हो । महोत्सवमा २० मुलुकका ४७ वटा फिल्म (डुकमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म) प्रदर्शनी गरिने जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा सहभागी चलचित्रबीच अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने र उत्कृष्ट हुने तीन चलचित्रलाई क्रमशः एक हजार ५००, एक हजार र ५०० अमेरिकी डलर पुरस्कारको व्यवस्था रहेका किम्फका अध्यक्ष बसन्त थापाले जानकारी दिनुभयो 

 प्रदर्शन गरिएको ‘इन्द्रनी खोज्दै जाँदा’ चलचित्रमा आफ्नो सपना पूरा गर्न काठमाडौँ आएका तीन दाजुबहिनीले झेलेका कष्ट र परीक्षालाई फिल्मले चित्रण गरेको छ । हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फमा विशेष गरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गर्दै आइरहेको र ती चलचित्रहरूमा साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैङ्गीकता र बसाइसराइजस्ता विषय समेट्ने गरेको महोत्सव समितिका निर्देशक रम्यता लिम्बूले जानकारी दिनुभयो ।  महोत्सवमा नेपाल पानोरामा सेक्सनमा उत्कृष्ट वृत्तचित्रलाई रु २५ हजार र उत्कृष्ट फिक्सन फिल्मका लागि रु २५ हजार पुरस्कार दिइनेछ पनि व्यवस्था गरिएको छ. । महोत्सव यही मङ्सिर ३० गतेसम्म हुनेछ ।