२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो ‘कोहिनुर’को छायांकन



अ+ अ-

चलचित्र ‘कोहिनुर’को छायांकन सकिएको छ । करिब ४५ दिन लगाएर सिनेमाको छायांकन सकेको जानकारी निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । काठमाण्डौको दरबारमार्ग स्थित शेर्पा मलमा चलचित्रको इन्डक्ल्याप गरिएको हो । आकाश अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रमा स्वेता खड्का, शम्भूजित बास्कोटा लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।यस अघि चलचित्र ‘कहाँ भेटिएला’ निर्माण गरेका श्रीकृष्णले स्वेतालाई नै लिएर ‘कोहिनुर’ बनाएका हुन् ।  चलचित्रमा शम्भूजितकै संगीत रहेको छ ।

सिनेमा बनाउन आफूले कुनै खालको प्रेसर महुशश नगरेको तर्क श्रीकृष्णको छ । चलचित्रको छायांकन भारतका विभिन्न रमणिय क्षेत्र र नेपालमा गरिएको छ । पैसा हेरेर सिनेमा नबनाएको बताउँदै निर्माता श्रीकृष्ण श्रेष्ठले ‘कोहिनुर’ले सुकेको सिने नगरीलाई फेरी उकास्ने विश्वास व्यक्त गरे।