२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिस नेपाल’लाई पिजि सर्टिफिकेट



अ+ अ-

नायिका तथा निमात्री शुभेच्छा थापाले निर्माण गरेको चलचित्र मिस नेपाल प्रदर्शनको तयारीमा छ । यो चलचित्रलाई सेन्सर बोर्डले पिजि सर्टिफिकेट दिएको छ । चलचित्र भित्र मोडलको रुपमा प्रस्तुत गरिएकी महिला कलाकारले रक्सि पिएको दृश्य राखिएको हुनाले मिस नेपाललाई पिजि सर्टिफिकेट दिईएको सेनसर बोर्डले जानकारी दिएको छ । पिजी सर्टिफिकेटसँगै १६ वर्षमूनिका दर्शकले आफ्नो अभिभावकसँग मात्र यो सिनेमा हेर्न पाउने भएका छन्। सुरेन्द्र तुलाधरले निर्देशन गरेको ‘मिस नेपाल’मा शुभेच्छा थापा सहित कल्याण घिमिरे, सुरज सिजापति, सविन श्रेष्ठ, क्षितिजा शाक्य, सोनु केसी, नविन श्रेष्ठ, बिमला गिरीलगाएतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा मिस नेपाल प्रतियोगिताभित्र हुने शोषण र विकृतिलाई समेत चित्रण गरिएको शुभेच्छाले बताएकी छिन् ।