२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मीपूजाको दिन सुमिनाको जन्मदिन



अ+ अ-

अभिनेत्री सुमिना घिमिरेले लक्ष्मीपूजाको दिन २४ औं जन्मदिन मनाउँदैछिन् । तिहार मनाउन हाल गृह जिल्ला सुर्खेत पुगेकी सुमिनाले दर्शनको लागी देउती वज्यै मन्दिर जाने तयारीमा रहेको सनाइन् । मन्दिरको दर्शन बाहेक जन्मदिनमा खास कार्यक्रम नरहेको सुमिनाले बताईन् । उनी ६ सन्तान मध्येकी कान्छी छोरी हुन् ।

पाँच वर्ष अघि फिल्म ‘दुलही’ मार्फत सुमिनाले नेपाली रजतपटमा प्रवेश गरेकी थिइन् । छोटो समयमै सुमिनाले दुई दर्जन भन्दा बढी फिल्ममा अभिनय गर्ने अवसर पाएकी छिन् । पछिल्लो समय सुमिनाका एडल्ट फिल्म बढी प्रदर्शनमा आएका छन् । स्टार, नाइन ओ क्लक, लभ फरेभर, अप्रिल फूल जस्ता सुमिना अभिनित फिल्मले एडल्ट सर्टिफिकेट पाएका थिए ।

बेला बेलामा व्यक्तिगत कारणले चर्चा र विवादमा आइरहने सुमिन भन्छिन्- ‘काम पाउञ्जेल फिल्म लाइनमै रहन्छु । जुन दिन हात खाली हुन्छ, त्यस बेलादेखी कुनै व्यापार व्यवसाय सुरु गर्ने सोच छ ।’ सुमिना काठमाडौंमा घर र गाडी जोड्न सफल भएकी छन् । उनी सुनाउँछिन्- ‘मेरो कमाइसँगै परिवारको सहयोगबाट घर गाडी किन्न सफल भएकी हुँ ।’