२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशबाट राजीनामा देऊ – नेम्वाङ



अ+ अ-

दमक, २० असोज –

नेकपा (एमाले)का नेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले चुनावी वातावरणलाई थप सङ्लो बनाउन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु उत्तम हुने बताउनुभएको छ । झापाको दमकमा पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङले निर्वाचनमा सबैको सहभागिता र थप सुनिश्चितता बनाउने हो भने अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पद त्याग्नु राम्रो हुने सुझाव दिनुभयो । 

लोकतान्त्रिक व्यवस्थामा राजनीतिक सङ्क्रमणको अन्त्यका लागि निर्वाचन उत्तम विकल्प भएको भन्दै नेता नेम्वाङले भन्नुभयो–“मुलुकले निकास पाउँछ भने रेग्मीजी त्यसको बाधक बन्नु हँदैन ।’’ इलामको क्षेत्र नम्बर २ बाट एमालेबाट प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहनुभएका नेता नेम्वाङले अब निर्वाचन हुनेमा कुनै शङ्का नरहेको स्पष्ट पार्नुभयो ।