२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शालिन नायिकाको डरलाग्दो रुप



अ+ अ-

शालिन नायिकाको रुपमा चुपचाप देखिएकी गरिमा पन्तको गरिमालाई खासै आँकन भएको पाइदैन । उनीभित्रको खुवीलाई उजागर गर्न सक्ने निर्माता–निर्देशक पनि भेटिएको छैन् । जसले गर्दा आम बजारमा नायिकाहरुको चर्चा–परिचर्चा अगाडि उनी अवश्य पछाडि परेको मान्नै पर्दछ । यद्यपि, उनी भित्रको खुवीलाई निर्माता तथा निर्देशक यादव भटृराईले चलचित्र झोलामा गजवले उजागर गरेको हल्ला नआएको पनि होइन। सति प्रथा विरुद्धको साहित्यकार कृष्ण धरावासीको उपन्यासमा आधारित चलचित्र झोलामा प्रमुख नायिकाको रुपमा उनी रहेकी छन् । झोलाको छायाँकन अवधिभर प्राय दृश्यमा विना मेकअप काम गरेकी यी नायिकाको जवानीलाई पातमा बेरेर पस्कने प्रयास भएको छ । कथाले मागेको दृश्य भएर पनि होला–गरिमाले आफ्नो अभिनयको गरिमा नघटाइकन झोलामा उक्त दृश्य दिएकी छन् । दन्किन लागेको चित्तामा अर्धनग्न भएर बसेर सति जाने दृश्य दिनुको अलावा जवानीलाई पातले बेह्रेर गुफा–गुफा चहार्ने कठिन कार्य पनि उनीवाट भएको छ । यसअर्थमा पनि, शालिन नायिकाको डरलाग्दो रुपको प्रस्तुतिको रुपमा उनलाई झोलामा छिटृै हेर्न पाइने भएको छ ।