२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलमा लागूऔषध कारोबारीको सञ्जाल



अ+ अ-

राजधानीका तीन ठूला कारागारमा रहेका कैदीलाई प्रयोग गरी औषधिजन्य लागूऔषधको कारोबार गर्दै आएका प्रमुख व्यापारी पक्राउ परेका छन् । यो सँगै देशका विभिन्न जेलबाट लागूऔषधको कारोबार हुने गरेको रहस्य खुलेको आजो राजधानी र नयाँ पत्रिका दैनिकमा खबर छ ।  लागूऔषध मुद्दामा जेल परेका कैदीले सञ्जाल नै बनाएर भित्रबाटै भारतदेखि विभिन्न सहरमा लागूऔषधको कारोबार र ओसारपसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय लागूऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले लामो समयदेखि लागूऔषधको कारोबार गर्दै आएका पर्सा निवासी वीरेन्द्रकुमार क्षत्रीलाई काठमाडौको सुन्धाराबाट पक्राउ गरेको हो । क्षत्रीले विगत १२ वर्षदेखि रूपेश, शेखर, राजु, राजा, निर्मलजस्ता नाम फेर्दै लागूऔषधको व्यापार सञ्चालन गर्दै आएका थिए । प्रहरीले उनीसहित उनका दाजु धीरेन्द्रकुमार क्षत्री र दाङ निवासी नारायण श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणको औषधिजन्य लागूऔषध बरामद गरेको छ । ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रताप थापाका अनुसार अभियुक्त वीरेन्द्र २०५८ सालदेखि नै लागूऔषध कारोबारमा संलग्न थिए । उनी ३२ साउन २०६२ मा मकवानपुरबाट लागूऔषधसहित पक्राउ परी दुई वर्ष जेल सजाय भुक्तान गरेका थिए । सोही अभियोगमा उनले १ लाख जरिवाना पनि तिरेका थिए । जेलबाट छुटेपछि वीरगन्ज र विराटनगरलाई केन्द्रबिन्दु बनाई लागूऔषधको कारोबार गर्दै आएको ब्युरोका डीआईजी प्रताप थापाले बताए ।

डीआईजी थापाका अनुसार क्षत्रीले केन्द्रीय कारागार, नक्खु कारागार र डिल्लीबजार सदरखोरमा बस्दा लागूऔषधमै सजाय भोगिरहेकाको अभियुक्तसँग सम्पर्क भएको र बाहिर आएपछि सोही आधारमा ग्राहकहरूसँग सम्पर्क गरी ब्रुप्रोनर्फिन र डाइजोपामजस्ता औषधिजन्य लागूऔषधको कारोबार अघि बढाएका थिए । विगत सात–आठ वर्षमा उनले करोडौं रुपैयाँ बराबरको लागूऔषध कारोबार गरेको तथ्य खुलेको डीआईजी थापाको भनाइ छ ।

अभियुक्त क्षत्रीले आपू्कसहित श्रीमती र नातेदारको नाममा विभिन्न बैंकमा खाता खोली बैंकमार्फत नै पैसाको कारोबार गर्ने गरेको पाइएको छ ।