२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज बिशेष कार्यक्रममा रेखा थापालाई सम्मान



अ+ अ-

काठमाण्डौ, भदौ १२- 

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा बुधवार एक कार्यक्रम सम्पन्न भएको छ। ठूलोपर्दा डटकम, इसांग्रिला डटकम, मेरोजिल्ला डटकम तथा प्रगतिशिल मञ्च नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा नायिका रेखा थापा लगाएतका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको छ। समाजसेवी शकिला पाठक लगाएतका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

काठमाण्डौको चाबहिलस्थित बोष्टर मिडियाको हलमा आयोजित सो कार्यक्रममा उल्लेख्य रुपमा महिला तथा पुरुष व्यक्तित्वहरुको उपस्थिती थियो। कार्यक्रममा चलचित्र ‘प्राण भन्दा प्यारो’बाट नेपाली रजतपटमा उदाएकी नव-नायिका अनामिका चौलागाईँको समेत बिशेष उपस्थिती थियो। सम्मान कार्यक्रम पश्चात दर खाने कार्यक्रम तथा नाचगान कार्यक्रम पनि आयोजना गरिएको थियो।