काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत ब्रिगेड ब्वाइज क्लबले विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा विभागीय टिम एपीएफ एफसीलाई ब्रिगेड ब्वाइजले ३–२ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे ।
एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काए ।
जितसँगै नयाँ सिजनको पहिलो खेलमा ब्रिगेडले महत्वपूर्ण ३ अंक जोडेको छ ।
खेलको म्यान अफ दि म्याच ब्रिगेडका रोशन राना मगर घोषित भए ।












