७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन केन्द्रित हुनुपर्छः डा महत



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा आज काठमाडौँ क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’का प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सहमहामन्त्री डा महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भन्नुभयो, “यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भइरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा अन्य राजनीतिक दलसँग गर्नुपर्छ । निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरुलगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्छ ।”

सहमहामन्त्री डा महतले नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा विभिन्न तहको नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुभएका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रुपमा लिन आग्रह गर्दै भन्नुभयो, “निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनुपर्छ ।”

नेपाली कांग्रेसको १४ महाधिवेशनका क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ । महाधिवेशनका क्रममा मङ्सिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । 

एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुँदैछ । केही हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।