७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन: काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो ।
 
कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत खटाइसकिएको राससलाई जानकारी दिनुभयो । “सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । यस्तै काठमाडौँमा यही मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ ।

कांग्रेसले मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ ।रासस