७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुनानकको अनुशरण गर्नसके राष्ट्रिय एकता सुदृढ हुन्छ: राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुनानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मका बीचमा सद्भाव कायम राख्न  गर्नुभएको मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताउनुभएको छ । 
 
सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

साथै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीद्वारा आस्था र भक्तिभावका साथ पवित्रस्थल ‘गुरुद्वारा’मा भेला भई पूजाअर्चना, भजन, कीर्तनका साथै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । 

यस अवसरमा पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को वाचनका साथै सबैका लागि विनाभेदभाव निःशुल्क सामूहिक भोजन गर्ने‘लङ्गर परम्परा’ छ । यस्तो परम्पराबाट समाजमा विद्यमान विविध प्रकारका भेदभावको अन्त्य गर्दै आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्न मद्दत पुग्नेसमेत देखिन्छ”, सन्देशमा भनिएको छ । रासस
–––