७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसँग अन्तर्राष्ट्रिय बक्सिङ महासंघको टोली बीच भेट



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ । नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज  राष्ट्रपति भवन शितल निवाशमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो । भेटघाटको क्रममा भ्रमणमा  रहेको टोलीले विश्वमा बक्सिङ खेलको अवस्था बारेमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेल मार्फत विश्वमा नेपाललाई चिनाउन थालेको बताउनु भएको थियो । राष्ट्रपति भण्डारीले नेपालको बक्सिङ खेलमा अन्तर्राष्ट्रिय बक्सिङ संघले गरेको सहयोगलाई धन्यवाद दिनुभएको थियो । भेटमा   नेपाल भ्रमण आएको टोलीले राष्ट्रपतिलाई मायाको चिनो प्रदान गरेको थियो । रुसी नागरिक क्रेम्लेभसहित आइबाको ८ सदस्यीय टोली २ दिनको लागि आजै विहानमा नेपाल आएको हो ।

टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष  राम अवाले र विभिन्न पदाधिकारीले स्वागत गरेका थिए । भ्रमणका क्रममा क्रेम्लेभले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा पनि अवलोकन गर्ने तालिका छ । सोही क्रममा अन्तर्राष्ट्रिय बक्सिङ संघले नेपाल बक्सिङसंघलाई खेल सामाग्रि पनि प्रदान गरेको छ । अध्यक्ष सहितको टोली बिहीबार स्वदेश फर्कने छ ।