७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको नेतृत्व सहमतिमै निर्माण हुन्छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतीमा निर्माण हुने बताउनु भएको छ । 

महासचिव पोखरेलले पार्टीको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल नबन्ने दावी समेत गर्नु भयो । बुधबार काठमाडौंमा आयोजित ‘पार्टीको १० आंै राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमूखिकरण’ कार्यक्रममा बोल्दै उहाँले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट नबाँडने बताउनु भयो । 

उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि प्यानलको लिष्ट बाँडेर महाधिवेशनको निर्वाचनमा सामेल हुने पक्षमा आफूहरु नरहेको तर्क गर्नु भयो । उहाँले एमालेले आफूले उठान गर्दै आएको समृद्धि र विकासको मुद्धालाई निर्णायक ठाउँमा पु¥याउने गरी महाधिवेशनलाई भव्यताका साथ सफल बनाउने दावी समेत गर्नु भयो । 

महासचिव पोखरेलले भन्नु भयो, ‘हाम्रो नेतृत्व भनेको सहमतीका साथ निर्माण हुन्छ । एउटा कुरा बुझ्नुस कमरेडहरु, महाधिवेशनमा हाम्रो प्यानल बन्ने छैन । प्यानल लिष्ट बाँडिने छैन । यो चिज ग्यारेन्टी हो । हामी प्यानल बनाउँदैनौं । प्यानलको लिष्ट बाँडदैनौं । व्यक्तिगत हिसावले को साथीलाई मत दिनुहुन्छ दिनुहुन्छ । हामी पार्टीलाई त्यसरी एकतावद्ध बनाएर लैजान चाहन्छौं । र यस्तो एमाले, जसले दलाल पूँजीको विरोध गर्दै समाजवादको आधार निर्माण गर्ने र आर्थिक समृद्धि र विकासको जुन मुद्धा हो, त्यो मुद्धालाई निर्णायक ठाउँमा पु¥याउने काम गर्नेछ ।’

महासचिव पोखरेलले चितवनमा हुने सो महाधिवेशनमा लाखौंको संख्यामा जनसहभागिता हुने दावी समेत गर्नु भयो । उहाँले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गर्नु भयो ।