७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र मधेशमा एक नम्बर पार्टी हुन्छः प्रचण्ड



अ+ अ-

धनुषा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको हो ।

“चुनावमा जनताले नक्कली जलपबालालाई बढार्नेछन्”, प्रचण्डले भन्नुभयो, “मधेश र मधेशी जनताको मुक्तिको शङ्खनाद हामीले गरेका हौँ, मधेशी जनताले आगामी निर्वाचनमा पहिलो मत दिएर हामीलाई नम्वर एक बनाउनेछन् ।” यसअघिका मधेशका भ्रमणमा मधेशसँग आफ्नो गहिरो ‘प्रेम’ परेको उहाँको भनाइ छ । 

आफैँले दुई पटक मधेशी जनताको हक अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उहाँले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताउनुभयो । “हामीले सम्बिधान संशोधन गरेर मधेश मुद्दा सम्वोधनको जमर्को ग¥यौँ” प्रचण्डले भन्नुभयो, “तर सम्बिधान संशोधनका लागि आवश्यक बहुमत नभएको हुँदा सम्भव भएन ।” त्यतिखेर संविधान संशोधन प्रस्ताव एमालेको असहयोगले असफल भएको प्रचण्डले उल्लेख गर्नुभयो । पछिल्लो न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने उहाँको भनाइ छ ।  

अध्यक्ष प्रचण्डले  रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणासाथ उद्घाटन गर्नुभयो । महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने प्रचण्डले प्रतिबद्धता जनाउनुभयो । समारोह ९सभा० मा माओवादी केन्द्रका स्थायी कमिटी, केन्द्रीय कमिटीका सदस्य र सांसदको उपस्थिति थियो ।