७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशबाट अन्यायमा परेका फैसला बारलाई उपलब्ध गराउन अध्यक्ष श्रेष्ठको आह्वान (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरुलाई ति फैसला उपलब्ध गराउन आह्वान गर्नुभएको छ । 

नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन आह्वान गर्नुभएको हो । प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पति विवरण संकलन गरीने र छानविन हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरु नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आह्वान गरेको छ । तपाई साथीहरु ज–जसलाई यिनले अन्याय पारेका छन्, न्याय किनबेच गरेका छन्, ति फैसलाहरु नेपाल बार एसोसिएसनमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । र यिनको राजीनामापश्चात पनि त्यो फैसला अनुसारको छानविन गर्नुहुनेछ, उसको सम्पति विवरणहरु हामीले संकलन गर्नेछौँ । कहाँ, कसरी अन्याय किसिमबाट बटुलेका छन् त्यो कुरापनि हामीले हेर्नेछौँ ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाउनुभयो । जबराको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उहाँले बारको आन्दोलन विरुद्ध नलाग्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो – ‘कार्यक्रम विथोल्ने किसिमबाट कुनै–कुनै ठाउँमा हाम्रो आव्हानको प्रतिकुलमा काम पनि गरिराखेको भन्नेकुरा, अदालतबाट त्यस्तो भइराखेको भन्नेकुरा, प्रधानन्यायाधीशको निर्देशनमा त्यो काम भएको भन्नेकुरा हामीले जानकारी पाएका छौँ । खबरदार, चोलेन्द्र शमशेरको निर्देशनमा तपाईहरु दुईदिन टिक्नुहोला भोलीका दिनमा तपाईहरु बिचौलिया भएर हिड्नुभयो भने तपाईहरुको पनि खैरियत रहने छैन ।’

उहाँले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताउनुभयो ।