काठमाडौँ । मंसिर महिनाको पहिलो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । मंगलबार भने सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० रुपियाँमा निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ९० रुपियाँमा कारोबार भएको थियो ।







