२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिन र म्याक्रोन बीच आप्रवासी संकटबारे टेलिफोन वार्ता



अ+ अ-

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग बेलारुस र युरोपेली युनियन (ईयू) बीचको सीमामा आप्रवासी सङ्कटका साथै पूर्वी युक्रेनको अवस्थाबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन्।

क्रेमलिनको एक विज्ञप्ति अनुसार, पुटिनले पोल्यान्डका सीमा रक्षकहरूद्वारा शरणार्थीहरूलाई अत्यन्तै कठोर व्यवहारू गरेको टिप्पणी गर्दै म्याक्रोनलाई बेलारूसी राष्ट्रपति अलेक्जेन्डरसँगको हालैको सम्पर्कको बारेमा जानकारी दिए। पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। नेताहरूले पूर्वी युक्रेनको डोनबासमा  जारी द्वन्द्वको समाधानमा प्रगति नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

पुटिनले कालो सागरमा संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले गरेको ठूलो अभ्यासको ूउत्तेजक व्यवहारू लाई औंल्याएका छन् । जसले रूस र उत्तर एट्लान्टिक सन्धि संगठनबीच तनाव बढाएको छ।

रुस-फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोनले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीहरूको नियमित बैठकको प्रशंसा गरेका छन्।  साथै उनीहरूले सैन्य-राजनीतिक मुद्दाहरूमा द्विपक्षीय वार्ता जारी राख्ने जनाएका छन्।