२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम परिवर्तन हुँदा मानिस बिरामी हुने यस्तो छ कारण, थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौँ । गर्मी सकिएर जाडो लाग्दा वा मौसम परिवर्तनका अन्य समयमा धेरैजनालाई रुघामर्की वा खोकी र भाइरल बिरामी लाग्छ । किन यसो हुन्छ त ? हामी आज यसका बारेमा जान्नेछौँ ।

तापक्रममा परिवर्तन आएपछि अनेकथरीका भाइरस उब्जिन्छन् । अनि यिनै भाइरसले मानिसलाई बिरामी बनाउँछन् । राइनोभाइरस र कोरोनाभाइरसले मानिसलाई जाडो र  गर्मी जाडोमा मानिसलाई बिरामी बनाउन मुख्य भूमिका निर्वाह गर्छन् ।

यो इन्फ्लुएन्जा एकदम छिटो फैलिन्छ र मानिसलाई रुघाखोकी तथा बिमारी लगाउँछ । यस्ता परिस्थितिमा मानिसलाई पूर्ण रूपमा सामञ्जस्य मिलाउन गाह्रो पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस यस्ता रोगको छिट्टै शिकार हुन पुग्छन् ।

बहिरी तापक्रम बदलिँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता आफैं घट्दै जान्छ । यसैले मानिसलाई छिट्टो बिरामी बनाउँछ । मौसम परिवर्तन हुँदा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र थकावट हुने समस्या आइलाग्छन् ।

यस्ता समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा भिटामिन सी र डी को मात्रा बढाउनुपर्छ । अनि फलफूल तथा तरकारी प्रशस्त खानुपर्छ ।

स्वास्थ्यका लागि पौष्टिक भोजन, सरसफाइ र नियमित कसरतमा ध्यान दिनुभएन भने मौसम बदलिनेबित्तिकै तपाईं बिरामी पर्नुहुन्छ । तर यी कुरामा ध्यान दिनुभयो भने चाहिँ बिरामीको सम्भावना न्यून हुन्छ । (एजेन्सीको सहयोगमा)