२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १.५५ अङ्कले बढेर २५४४.९४ विन्दुमा



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ४९२.५३ मा पुगेको छ । कूल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर रु दुई अर्ब ६० करोड नौ लाख ३० हजार ४०३ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.४, होटल तथा पर्यटन १४.१८, निर्जीवन बीमा ९.८८, उत्पादन ८७.६३, अन्य ३५.५ अङ्कले उकालो लागेको छ । यस्तै व्यापार १५.७४, विकास बैंक २१.४१, जलविद्युत् ३१.९९, वित्त २८.२४, लघुवित्त ४.५७, जीवन बीमा १५०.३२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.५७ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३६ खर्ब छ अर्ब २२ करोड ६२ लाख ७० हजार ६२४ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २७ करोड ६९ लाख ३२ हजार ८६३ बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड ६२ लाख ७६ हजार ४८६, नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड छ लाख २५ हजार, एनआइसी एशिया बैंक रु १० करोड ५० लाख २७ हजार ५८२ र पाँचथर पावर कम्पनी रु १० करोड ४२ लाख २७ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ५.८९, बोटलर्स् नेपाल तराई ५.४८, सामुदायिक लघुवित्त ४.३४, इमर्जिङ नेपाल ४.०१ र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले ३.१८ प्रतिशतले कमाए ।

त्यस्तै पाँचथर पावर कम्पनी ६.९०, पञ्चकन्या माई हाइड्रोपावर ४.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.१३, बरुण हाइड्रोपावर ३.९१ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए ।