२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन र अमेरिका शीर्ष नेताहरूको बैठक बारे निकट संवादमा : परराष्ट्र प्रवक्ता



अ+ अ-

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र संयुक्त राज्य अमेरिका आफ्ना शीर्ष नेताहरूको बैठकको विशेष व्यवस्थाका बारेमा निकट सम्पर्कमा रहेको बताउँनुभएको छ।

प्रवक्ता वाङ वेनबिनले दैनिक समाचार ब्रिफिङमा शुक्रबार यस सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गर्नुभएको हो। उहाँले यो वर्ष राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति जो बाइडेन बीच दुईपटक टेलिफो वार्ता भएको बताउँनुभयो। 

सो अवसरमा दुवै राष्ट्र प्रमुखले विभिन्न माध्यमबाट नियमित सम्पर्क राख्ने सहमति गरेको पनि उहाँले जानकारी दिनुभएको छ । 'हामी आशा गर्छौं कि अमेरिकी पक्षले बैठकलाई सफल बनाउन र चीन-अमेरिका सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन चीनसँग मिलेर काम गर्नेछ,' प्रवक्ताले भन्नुभयो। (रासस/सिन्ह्वा)