२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपंक्षीबिनै जौको बोटमा मासु उत्पादन



अ+ अ-

बीबीसी । आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन्।

ग्रीनहाउस ग्यास, पशुकल्यान र अत्याधिक माछा माने विषयमा मासु उद्योग चुकेको आरोप लाग्ने गरेको छ । तर अइसल्यान्डमा एउटा कम्पनीले नयाँ जुक्ति निकालेको छ । प्रयोगशालामा पशुपंक्षीबिनै जौबाट मासु बनाउने १ यो प्रक्रियाबाट जौको बोटमा मासु फलाइन्छ ।

'ग्रोथ फ्याक्टर' भनिने विशेष प्रोटीन बोक्नेगरी जौमा विशेष परिवर्तन गरिन्छ । त्यसपछि फलेको जौ सङ्कलन गरी पिसिन्छ । त्यसपछि प्रयोगशालामा मासु बनाउन प्रशोधन गरिन्छ । प्रयोगशालाको मासुका लागि धेरै पशुपालनका लागि भन्दा कम ठाउँ र उर्जा चाहिन्छ । साथै हनिकारक फोहर पनि कम हुन्छ भन्ने मान्यता छ ।

मानिसले मासु खाने पशुका लागि चारा उत्पादन गर्न धेरै खेती योग्य जमिन चाहिन्छ । यस प्रक्रियाले त्यो जोगाउँछ । जौमा हालिने ग्रोथ फ्याक्टर पशुपक्षिबाट लिइएको हो । ठूलो मात्रामा मासु उत्पादन गर्न जौ सजिलो र सस्तो हुन्छ । अनि पशुपक्षीजस्तै जौ पनि विभिन्न जलवायुमा मौलाउन सक्छ । 

यो नयाँ प्रयोगले प्रयोगशालामा उत्पादन गरिने मासुका लागि पशुपक्षीमा भर नपरे पनि हुने अवस्था आउन सक्छ। अध्ययनकर्ताहरूले यसबाट हरितगृह ग्यास कम उत्सर्जन भई पर्यावरणलाई स्वच्छ राख्न योगदान गर्ने दाबी गर्छन्।