२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा हुथी विद्रोहीको आक्रमणमा २५ जना मारिए



अ+ अ-

आदेन । यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले यहाँको एक मस्जिदमा आक्रमण गरेका यमनी सेनाले जनाएको छ । यमनी सेनाका अनुसार उक्त आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले सोमबार क्षेप्यास्त्र हानेका थिए । त्यस क्षेप्यास्त्र प्रहारका कारण यहाँको सो मस्जिद ध्वस्त भएको छ । 

उता दुई दिन मात्र अघि पनि यहाँका हुथी विद्रोही र यमनी सैनिकबीच भिडन्त भएको थियो । त्यसमा परी २४ जनाको ज्यान गएको थियो । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो ।

हुथी विद्रोहीहरुले समयसमयमा यहाँको सेनामाथि पनि आक्रमण गर्ने गरेका छन् । सो क्षेत्रमा केही समययतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ । (रासस-सिन्ह्वा)