७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीता बिना सम्पुर्ण रामायण नै अपुरो: राजेन्द्र महतो (भिडियो सहित)



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ ।

भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाई कार्यक्रममा बोल्दै महतोले सो कुरा बताउनुभएको हो । उहाँले नेपाल भारतबिचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गर्नुभयो ।

राम र सीता बिचको सम्बन्ध रामायणकालिन भएकै कारणले आफुहरुले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको उहाँले बताउनुभयो । वरिष्ठ नेता महतोले सीता बिना सम्पुर्ण रामायण नै अपुरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताउनुभयो ।

उहाँले मिथिलाको कला क्षेत्र पौराणिक काल देखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफनो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने बताउनुभयो । मिथिला नाट्य कला परिषद्ले मिथिला संस्कृति र यसको विकासको लागि खेलिरहेको भुमिका महत्वपुर्ण रहेको उहाँको भनाई छ ।