७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायीद्वारा बिरोध प्रदर्शन (भिडियो रिपोर्ट)



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामाको माग गर्दै कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । 

आईतवार सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध कार्यक्रममा पूर्व सभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले स्वतन्त्र, सक्षम न्यायपालिकाको लागि बिरोध गर्नुपरेको बताउनुभयो । उहाँले संविधानबाट चल्ने न्यायपालिका र संस्थाहरु सबै खतरामा रहेको बताउनुभयो ।

पूर्व सभामुख ढुंगानाले भन्नुभयो, ‘हामी संविधानको पक्षमा छौँ, न्यायपालिकाको पक्षमा छौँ, स्वतन्त्र, सक्षम न्यायपालिकाको लागि हाम्रो बिरोध हो, संविधानको अपेक्षा बमोजिम निर्माण गरेका संस्थाहरु चलिरहेका छैनन्, नेतृत्वमा रहेका जो छन्, तिनीहरुले यथा स्थानमा कानून र आचारसंहीता बमोजिम काम गर्न सकिरहेका छैनन्, यसबाट संविधान, संविधानले तर्जुमा गरेका, न्यायपालिका र संस्थाहरु सबै यथा स्थानमा खतरामा छन्, हामी स्वतन्त्रताको रक्षाका लागि लडेका हौँ ।’

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले कानून व्यवसायीहरुको यो बिरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धिकरणको लागि भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले गरेका कामहरु विधिवत नमिलेका ठाउँमा मिलाएर नलगे आन्दोलन थप चर्किने चेतावनी दिनुभयो ।

अध्यक्ष शाक्यले भन्नुभयो, ‘यो न्यायपालिकाको शुद्धिकरणको लागि हो, प्रवृत्तिबिरुद्ध हो, व्यक्तिबिरुद्ध होइन, यो आन्दोलनले प्रधानन्यायाधीशको पदमा बसेर काम गर्ने व्यक्तिको बिरुद्धमा मात्रै नभएर उहाँपछि पनि यो संस्थाको शुद्धिकरणको लागि संविधान संसोधनको कुरासम्म हामीले अघि बढाउँछौँ, जहाँजहाँ विधिवत मिलेका छैनन्, त्यहाँ हाम्रो जोडदार माग छ, यस्तो प्रवृत्ति यसपछि पनि कुनै नेतृत्वले देखायो भने हाम्रो आन्दोलन फेरि चर्किन सक्छ, न्यायपालिकामाथि जनआस्था बढाउनलाई, न्यायपालिकाको शुद्धिकरण गर्नलाई न्यायपालिकाको स्वतन्त्रतालाई कायम राख्नलाई शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई  बरकरार राखी संविधानको जगेर्ना गर्न बाध्यताले यो बिरोध गरेका हाँै ।’

बिरोध प्रदर्शनमा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्देश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नै पहिलो बिन्दु रहेको बताउनुभयो । उहाँले प्रधानन्यायाधशिले राजीनामा दिएपछि मात्रै न्यायपालिकाले स्वतन्त्र भएर काम गर्न पाउने बताउँदै न्यायपालिका विकृति, विसंगति र भ्रष्टाचारपूर्ण हुन नदिनको लागि बाधक तत्वहरुको बिरुद्धमा लागि पर्ने बताउनुभयो । उहाँले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष बनाउन र विकृति, विसंगतिरहीत बनाउन संविधान संसोधन र दलबारेमा पनि सोच्नुपर्ने बतनाउनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘नेपाल बार एशोसिएशनले न्यायपालिकादेखिको न्यायाधीश नियुक्तिदेखि लिएर विसंगति, विकृति, विचौलिया, भ्रष्टाचारको बिरुद्धमा बोल्दै आएका छौँ, तर विकृति रोक्ने भन्दा पनि झाँगिने काम गर्दै गएर न्यायपालिका शक्ति सन्तुलनको सिद्धान्त प्रतिकुल न्यायपालिकाको नेतृत्व भएपछि हामीले आज बाध्य भएर प्रधानन्यायाधीश जस्तो संस्थाको गरिमामय संस्थामा रहेका व्यक्तिको कारणले गर्दा हामीले जुन सास्ती भोग्नुपरेको छ, उहाँको राजीनामा पहिलो शुरुवात बिन्दु रहनेछ, त्यसपछि पनि न्यायपालिका विकृति, विसंगति र भ्रष्टाचारपूर्ण हुन नदिनको लागि बाधक तत्वहरुको बिरुद्धमा लागि पर्छौं, न्यायपालिका सुधारका लागि संविधान संसोधन मात्रै नभइ दलहरुको कुरा पनि आउन सक्छ ।’

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भू थापाले व्यक्तिको लाग बिरोध नभएर प्रवृत्तिमाथको बिरोध भएको बताउनुभयो । उहाँले न्यायपालिका भित्र प्रधानन्यायाधीशको भूमिका ठीक नभएको भन्दै राजीनामा नदिएसम्म नेपाल बार एशोसिएशनले चरणवद्ध आन्दोलन गर्ने बताउनुभयो । उहाँले कोर्ट बारभन्दा ठूलो नभएको भन्दै बारले नै राजीनामा माग्दा राजीनामा दिन्न भन्ने कुरा लज्जास्पद भएको बताउनुभयो । उहाँले कसैलाई पनि लोभ लालच दिएर उचालेको थाहा पाए सह्य नहुने चेतावनी पनि दिनुभयो ।

वरिष्ठ अधिवक्ता थापाले भन्नुभयो, ‘कसैलाई नेता ल्याउन मन छ भने ल्याए हुन्छ, कसैलाई राज सिंहासनमा बसाउन मन छ भने बसाए हुन्छ, हामीले व्यक्तिको कुरा होइन, न्यायालयलाई पूजा गरिहरेका छौँ, न्यायालय भित्र तपाइँको भूमिका ठीक भएन, तपाइँ एक वर्षसम्म आफ्नो पदमा बस्नुभयो भने कार्यकालभर नेपाल बारले कार्यक्रम गर्छ, न्यायालयमा दुषित प्रक्रिया छ, त्यो प्रक्रियालाई बन्द नगर्ने, टार्ने हिसावबाट भएको छ, आफ्नो इजलासमा राखेको मुद्दा समेत हेर्न सक्दैनन् भने प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतमा हामीले मानिरहनु पर्ने कुरा छैन, बार कोर्ट भन्दा पनि ठूलो हो, बारले नै राजीनामा मागिसक्यो भने तपाइँ राजीनामा नदिने को हो ? यदि लोभलालच दिएर कसैलाई फसाएको थाहा भयो भने हामी छोड्दैनौँ ।’

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार बिरुद्धको नेपाल बार एशोसिएशनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले कार्तिक १४, १५, १६ र १७ गते कालोपट्टीसहितको बिरोध कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ’ भन्ने ब्यानरसहित बिरोध गरेका छन् । बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणवद्धरुपमा बिरोध कार्यक्रम शुरु गरेको हो ।